अब रोजगारका लागि मलेसिया जान पाउने, हट्यो प्रतिबन्ध


टुडेखोज : मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तव्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई लगाएको प्रतिबन्ध खुला गरेको हो ।

अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल आएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् । मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालयको वेबसाइटमा दर्ता गर्नुपर्ने जनाएको छ । साथै मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।

मलेसिया बन्द भएपछि बेरोजगार यूवाहरु समस्यामा परेका छन् । रोजगारीका लागि मलेसिया जाने सोचमा रहेका यूवाहरु प्रतिबन्ध हट्ने प्रतिक्षामा बसेका थिए । धेरै नेपाली मलेसियामा रोजगारीका लागि पुग्छन् ।

प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ