सिसा फुटाएर श्रीपेच चोर्न खोज्ने पक्राउ


काठमाडौं : नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।

शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए । तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो ।

सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ। उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ