आजबाट ६४ जिल्लामा कांग्रेसको गाउँ–नगर अधिवेशन


काठमाडौं : वडा अधिवेशन सकिएका ६४ जिल्लाको पालिका अधिवेशन नेपाली कांग्रेसले आजबाट सुरु गर्दैछ । वडा अधिवेशन सकिएका ६४ जिल्ला मध्ये अधिकांशमा आज गाउँ र नगर अधिवेशन हुँदैछ ।

काठमाडौं, ललितपुर लगायतका जिल्लामा वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ । काठमाडौंका पालिकामा १६ गते अधिवेशन हुने भएको छ । ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ ।

प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ । काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीचमा विवाद हुँदाहुँदै गाउँर नगर अधिवेशन हुने भएको छ ।

जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेका छन् । निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले गाउँरनगर अधिवेशन अनिश्चितकालका लागि रोकेको उनले सूचना जारी गरेका थिए।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार ०७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ