लहान प्रहरीको हिरासतबाट भागेको यादव अढाइ महिनापछि पक्राउ


जनकपुरधाम : अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् ।

गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔ’षध मु’द्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी फरार भएका थिए । उनलाई सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ