६ गियरबक्स भएको यामाहा मोटरसाइल नेपालमा !


यामाहा कम्पनीले ६ वटा गियरबक्स भएको यामाहा एमटी१५ विएस६ मोटरसाइकल नेपाली बजार ल्याउने तयारी गरेको छ । चाँडैनै नेपालमा भित्राउने तयारी गरेको यस मोटरसाइकलमा एउटा सिलिण्डर र चार वटा स्ट्रोक र चार वटै भल्भ जडान गरिएको कम्पनीले जनाएको छ ।

विएस६ र विएस४ दुई प्रकारमा आउने यस गाडी १५५ सिसिको हो । कुलर सिष्टम जडानसँगै किक विहिन सेल्फ स्टार्ट मात्र भएको यो गाडीमा ६ वटा गियरबक्स जडान भएको छ । ११८ किलोमिटर प्रतिघण्टा गुड्न सक्ने र पेट्रोल ट्यांकीको क्षमता १० लिटर रहेको जनाएको छ ।

४५ किलोमिटर प्रतिलिटर माइलेज दिन सक्ने यामाहा कम्पनीको दावी रहेको छ । ट्युवलेस दुवै टायरमा डिस्क ब्रेक जडानसँगै मोनोसक जडान भएकोले ८१० एमएम उचाइ र ग्राउण्ड क्लिरेन्स १७० एमएम रहेको बताइएको छ ।

१३८ किलोग्राम तौल भएको बाइक चार वटा रंगमा बजारमा आउने तयारी भएको यामाहा कम्पनीले जनाएको छ । यो मोटरसाइकलको मुल्य चार लाख ४३ हजार पर्ने यामाहा कम्पनीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ