विश्व विकास सहायता संयन्त्रमा सहभागि हुन नेपाललाई चीनको प्रस्ताव


काठमाडौं : चीनले यसैसाता घोषणा गरेको विकास पूर्वाधार संयन्त्र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभमा संलग्न हुन नेपाललाई प्रस्ताव गरेको छ । शनिबार भर्चुअलरुपमा आयोजित ‘नेपाल-चीन बीआरआई फ्रेमवर्क एग्रिमेन्ट : हिमालपार क्षेत्रको भविष्य आदानप्रदान’ विषयक कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले सो आग्रह गरेकी हुन् ।

यसैसाता संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई भर्चुअलरुपमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व विकास सहायता संयन्त्रको प्रस्ताव गरेका थिए । राजदूत यान्छीले नेपाललाई यो संयन्त्रमा स्वागत गर्न चीन आतुर रहेको बताउँदै विकास रणनीतिको साझेदारीलाई अघि बढाउन चाहेको समेत बताइन् ।

उक्त कार्यक्रममा नेकपा (एस)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, चीनको लेसन नर्मल युनिभर्सिटीका प्रमुख प्राध्यापक लिउ जिन र डेभलपमेन्ट अफेयर्स काउन्सिलका अध्यक्ष डा. युवराज संग्रौला लगायतले पनि बोलेका थिए ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार २१:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ