बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार दिने घोषणा


काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने प्रभावकारी यन्त्र बनाएमा अनुसन्धानकर्तालाई १० लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।देशका विभिन्न स्थानमा बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएको समाचारहरू आउने गरेका छन् । यस्तो समस्या समाधान गर्न कुनै उपाय निकाल्न केन्द्रलाई किसानहरूले आग्रह गर्दै आएका थिए ।

पुनले यो समस्या गम्भीर रहेको भन्दै पुरस्कार घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘विषय गम्भीर छ, सजिलो छैन । बाँदर धपाउन एकदमै प्रभावकारी चिज बनाएमा अनुसन्धान गरेबापत १० लाख रुपैयाँ पुरस्कार पाउँछ ।’

आफूले ठट्टा गरेको नभइ नेपाली किसानले धेरै दु:ख पाएको हुँदा प्रभावकारी उपाय खोजेको पुनले उल्लेख गरेका छन् । ‘पुरस्कारभन्दा पनि प्रोत्साहन गरेको हो,’ उनले भनेका छन् ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ