रौतहटमा साढे ४ लाख रुपैयाँसहित बाबु-छोरा पक्राउ


रौतहट : स्रोत नखुलेको चार लाख बढी रुपैयाँसहित बाबु-छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई श्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका ३ औरैयाका २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् । उनीहरुको साथबाट नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ बरामद भएको छ ।

ईशनाथ नगरपालिका २ औरैयास्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा श्रोत नखुलेको रूपैया बरामद भएपछि बाबु-छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय स्रोत नखुलेको रूपैया सहित पक्राउ पर्नेहरुको संख्या बढेको छ ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ