जितिया पर्व : प्रदेश २ मा बुधवार सार्वजनिक विदा, ब्रतालु महिलालाई मुख्यमन्त्रीको शुभकामना


टुडेखोज, जनकपुरधाम : जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको हुँदा सम्पूर्ण ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल गर्दछु ।’

पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । उनले सन्तान प्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरी नै आस्थ र प्रेम कायम गरुन भनि कामना पनि गरेका हुन् ।

जितिया पर्व मनाउन महिलाहरुले यसबर्ष ३६ घण्टा उपबास बस्नुपर्ने बताइएको छ । आज नदी, पोखरी, तलाबलगायतका जलाशयमा महिलाहरुले स्नान गरी घिरौलाको पातमा तेल खँडी चढाएका छन् । चढाएको तेल सन्तानको शीरमा दलेर ब्रतालु महिलाले दिर्घायूको कामना गर्ने चलन छ ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ