पत्रकार महासंघ सिरहाले भन्यो- पत्रकारिताको आडमा तस्करी गर्नेलाई कारबाही होस्


टुडेखोज, जनकपुरधाम : पत्रकारिताको आडमा तस्करी र अन्य अवान्छित कार्य गर्नेलाई कारबाहीको दायरमा ल्याउन सम्बिन्धित सारोकारबालासँग नेपाल पत्रकार महासंघ सिरहाले आग्रह गरेको छ ।

महासंघ सिरहाका सभापति मनोज बनौताले आज विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेका हुन् । उनले सञ्चारमाध्यममा विगत केहि दिनदेखि पत्रकारिताको आडमा तस्करी सम्बन्धि आइरहेको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

आफूलाई पत्रकार भन्दै हिड्ने आलोक यादवको एउटा तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्विरमा यादव र अर्का एक व्यक्ति चिया खाइरहेका छन् भने उनीहरुको अगाडी लागुऔषधको बोतल राखेको जस्तो देखिएको छ ।

उक्त तस्विर विषयमा सभापति बनैताले भनेका छन्, ‘समाचारमा सार्वजनिक गरिएको तस्विर कुनै पनि पत्रकारका लागि आपत्तिजनक एवं भत्र्सना योग्य छ ।’ उनले कुनै व्यक्तिले पत्रकार र पत्रकारिताको मानमर्यादा कलंकित पार्ने दुस्प्रयास गरेको रहेछ भने महासंघ सिरहा निजप्रति कठोर हुने विश्वास दिलाएका छन् ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ