प्रदेश २ : तीन महिना अघि योजना बनाए, घाँस काट्न जाँदा ह’त्या गर्ने तीनजना पक्राउ


रौतहट : जिल्लाको चन्द्रपुर नगरपालिका ३ गैडाटारका ५० वर्षीय रोहिणी प्रसाद घोरासैनीको ह’त्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले हत्यामा संलग्न भएको आरोपमा चन्द्रपुर नगरपालिका ३ का ४५ वर्षीय प्रल्हाद फुयाँल, पसाको पर्सागढी नगरपालिका १ सिर्जनाटोलका २४ वर्षीय रमेश प्रहरी र नवलपरासी पुर्वको कावासोती नगरपालिका ८ का २३ वर्षीय सूर्य भण्डारीलाई पक्राउ गरेको हो ।

घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका ३८ वर्षीय सहदेब भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर–३ का ५० वर्षीय घोरासैनीसँग १८ वर्ष अघिको रिसिबीको बदला लिने उदेश्यले ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कालापानी सामुदायिक जंगलमा ह’त्या गरेपछि घोरासैनीको शव साढे तीन फिटको रुखमा झुण्ड्’याएर आ’त्मह’त्याको रुप दिन खोजिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।घोरासैनीको ह’त्या गर्न मुख्य योजनाकार बोलखेले फुयाँलमार्फत् ३ लाखमा प्रहरी र भण्डारीलाई प्रयोग गरेको खुल्न आएको छ ।

ह’त्यामा संल्न रमेश पहरीले सहदेब बोलखे मार्फत विभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सूर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

तीन महिना अघिनै घोरासैनीको ह’त्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतकका श्रीमती पूर्ण कुमारी घोरासैनीले ह’त्यामा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेका छन् ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ