माधव नेपालको पार्टीबाट झाक्रीसहित ६ जना मन्त्री बन्दै (हेर्नुस् सूची)


काठमाडौं : नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् ।

सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी)लाई ६ वटा मन्त्रालय दिएको छ । मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए ।

अहिले साँझसम्म उनले ६ जनाकै नाम टुँगो लगाएका हुन् । नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् । खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ ।

प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै फिर्ता लिने तयारीसमेत गरेको छ । त्यसको लागि अहिले मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ