लोसपा प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित


टुडेखोज, जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म बसेको संसदीय दलको बैठकमा सहमती नजुट्दा निर्वाचन भयो । निर्वाचनमा १६ सासदमध्ये सोनल ९ मत ल्याएर दलको नेता बन्न सफल भएका हुन् ।

सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले मात्र ६ मत पाए । एक मत बदर भएको बुझिएको छ । सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए ।

उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै उनलाई सरकारबाट हटाएका थिए ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार २३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ