हिरो मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने


काठमाडौं : नेपाल जनरल मार्केटिङ प्रालिले हिरो ब्राण्डका कुनै पनि मोटरसाइकल र स्कुटरको खरिदमा ब्याज नलाग्ने स्कीम ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको दशैं स्कीममा हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ब्याज नलाग्ने अफर ल्याएको हो ।

उपभोक्ताले ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेपछि बाँकी किस्तामा एक रुपैयाँ पनि ब्याज नलाग्ने स्कीम ल्याएको कम्पनीले जनाएको छ । डाउन पेमेन्टपछि वाँकी रहेको रकमलाई १८ किस्तामा मासिक रुपले बुझाउन सकिन्छ ।

हिरो मोटरसाइकल धेरै उपभोक्ताले रुचाउने मोटरसाइल हो । हिरो मोटरसाइकले हरेक दशैं तिहारमा नयाँ नयाँ अफर ल्याउने गर्छ । यसवर्षको अफरले हिरो मोटरसाइकल र स्कुटीको विक्री ह्वात्तै बढ्ने अनुमान कम्पनीको छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ