प्रदेश २ : सिंचाईको ड्याममा डुबेर भगवानको मृत्यू


टुडेखोज, बारा : सिंचाईको लागि बनाइएको ड्याममा डुबेर मंगलबार बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक जनाको मृत्यू भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर वडा नम्बर १ का ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भगवान काजी ड्याममा नुहाउन गएका थिए । तर पौडी खेल्न नसक्दा डुबेर उनको मृत्यू भएको छ । प्रहरीले घटना विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ