धनुषामा मोटरसाइकल चोरेर विक्री गर्न खोज्ने २ जना पक्राउ


जनकपुरधाम : मोटरसाइकल चोरी गरेर वर्कशपमा विक्री गर्न खोज्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका ६ सोनीगामाका १९ वर्षीय मम्ताज मन्सुरी र २० वर्षीय रमेशकुमार महरा रहेका छन् ।

उनी दुबै जनालाई गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजार पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुबै जना चोरेको मोटरसाइकल विक्री गर्ने प्रयासमा थिए ।

बेचन मुखियाको घरबाट प्र २–०२–००२ प–००८५ नम्बरको मोटरसाइकल मन्सुरी र महराले चोरी गरेका थिए । मोटरसाइकल चोरी भएको थाहा पाएलगत्तै प्रहरीले खोज्न सुरु गरे र अनुसन्धान गर्दै जाँदा दुबै चोर पक्राउ परेको बताइएको छ ।

पछिल्लो समय धनुषामा मोटरसाइकल चोरीको घटना ह्वात्तै बढेको छ । तर अधिकांश चोरी हुने मोटरसाइकल फेला पर्ने गरेका छैन । विशेषगरी पल्सर मोटरसाइकल चोरी हुन्छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार २०:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ