प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राउतले विश्वासको मत लिने


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गर्नुभएको छ ।

अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनुहुनेछ । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उहाँसँग स्पष्ट बहुमत रहेको छ ।

सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् । करिब दुई महिनापछि प्रदेशसभा बैठक बस्न लागेको हो । बैठक लामो समयदेखि नबस्दा प्रदेश सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित : २०७८ आश्विन १३, बुधबार १०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ