यामाहाको स्टाइलिस बाइक आउँदै, कति पर्छ मूल्य ?


काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले १५० सीसी सेग्मेन्टमा एफजेड एक्स नेपाल ल्याउने तयारी गरेको छ ।

४ महिना अघि भारतमा सार्वजनिक भएको एफजेडएस रेट्रो लुक्सका कारण निकै आकर्षक देखिन्छ । यामाहा एफजेड एक्समा १४९ सीसी क्षमताको एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

एफजेड एक्स रेट्रो लुक मोर्डन टेक्नोलोजीमा आधारित रहेर निर्माण भएको मोटरसाइकलमा वर्ल्ड स्कुल राउण्ड सेप एलइडी हेडल्याम्प दिइएको छ । नयाँ टेक्नोलोजी आधारित धेरै फिचरयुक्त यस मोटरसाइकलमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिइएको कम्पनीले जनाएको छ ।

एफजेड एक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ । नेपालमा यसको मूल्य भने सार्वजनिक भएको छैन ।

प्रकाशित : २०७८ आश्विन १३, बुधबार २१:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ