लोसपा छाडे थारु नेता लेखी, एमालेमा प्रवेश गर्ने हल्ला


काठमाडौं : थारु नेता राजकुमार लेखी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् । आदिवासी जनजाति आन्दोलनबाट स्थापित नेता लेखीले आजैको मितिबाट लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

लेखी लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका थिए । नेपाल आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका उनले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भनेपनि त्यसबारे प्रष्ट खुलाएका छैनन् ।

लेखी नेकपा एमालेमा प्रवेश गर्ने हल्ला चलेको छ । यसबारे पुष्टि भने हुन सकेका छैन । नेकपा एमालेका नेताहरुले पनि आफ्नो पार्टीमा प्रवेश गर्ने कुराको पुष्टि गरेका छैन ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार ११:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ