मास्क नलगाउनेले सार्वजनिक सवारी चढ्न नपाउने


काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने भएको छ ।

बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको जनाए । त्यस्तै, प्रशासनले यातायात व्यवसायीहरुलाई ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ हजार ५ सय ५५ जनाको पीसीआर र ३ हजार २ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले १८ हजार १ सय ६८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । ३ सय ५३ जनाको सघन उपचार कक्षमा र १ सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ