मुख्यमन्त्री राउतको राजीनामा माग्दै सडकमा उत्रे विद्यार्थीहरू


टुडेखोज, बारा : भ्रष्टाचारको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ बाराले कलैयामा प्रदर्शन गरेको हो । ‘मुख्यमन्त्री लालबाबु रात राउत नैतिकताको आधारमा राजीना दे’ भन्दै विद्यार्थीहरूले प्रदर्शन गरे ।

विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा विद्यार्थीहरूले मुख्यमन्त्रीले राजीनामा दिई अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा कमिसन, बेटी बचाउ बेटी पढाऊ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप पनि प्रदर्शन गरेका विद्यार्थीहरुले लगाए ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ