नेपालमा अझै ४७० संक्रमित आईसीयू र भेन्टिलेटरमा


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३५३ कोरोना संक्रमितको आईसीयूमा र ११७ को भेन्टिलेटरमा गरी कुल ४७० जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ६१ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी बागमती प्रदेशमा १९५ जना आईसीयूमा र ६६ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा ४५ जना आईसीयूमा र ५ उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णालीमा ५ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ