नेपालमै शुरु भयो भाइरसको बनावट पत्ता लगाउने परीक्षण


काठमाडौं : भाइरसको म्युटसन पत्ता लगाउने जीन सिक्वेन्सिङ (जेनेटिक बनावट) परीक्षण नेपालमै शुरु भएको छ । यसलाई ठूलो उपलब्धीको रुपमा विज्ञहरुले लिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ शुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ र त्रिवि केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ वटा गरी ४२ वटा नमुनाको जीन सिक्वेन्सिङ समेत भइसकेको छ ।

जीवन सिक्वेन्सिङ गरिएका सबै नमुनामा ४१ वटामा डेल्टा भेरियन्ट र गत वैशाखाको एउटा एस जीन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा।रुना झाले जानकारी दिए । उनका अनुसार ४१ वटा नमुना भदौ र असोज महिनामा संकलन भएका हुन् ।

जीन सिक्वेन्सिङका लागि जनस्वास्थ्य प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र एफएचआइ–३६० र त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेका छन् ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ