जन्मदिन मनाउँदै पूर्वयुवराज्ञी हिमानी शाह


काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन हो । उहाँ आजको मितिबाट ४५ वर्षमा लाग्नुभएको छ ।

२०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिनु भएको थियो । उहाँको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आउनु भएको छ ।

हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ । हाल राजनीतिबाट अलग रहनुभएकी हिमानी सामाजिक कार्यमा जुटिरहनुभएको छ ।

उहाँको हिमानी ट्रष्ट नामक संस्था छ । हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुनुहुन्छ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ