Breaking- पर्सामा तीन हुण्डी कारोबारी पक्राउ, साढे १५ लाख रुपैयाँ बरामद


टुडेखोज, पर्सा : वीरगञ्ज महानगरपालिका १६ सिर्सिया छोटी भन्सार अगाडीबाट पर्सा प्रहरीले तीन जना हुण्डी कारोबारीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय छन् ।

स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयासहित भारतको पुर्वी चम्पारण जिल्ला कंगेली–१ बसतपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

भारतबाट ना. ६० प. ५९९८, ना. ४१ प. १०४८ र ना ६४ प. ८३५९ नम्बरको मोटरसाइकलमा आइरहेका बेला चेकजाँच गर्दा साढे १५ लाख रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनी तिनै जनामाथि हुण्डी कारोबारी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरुमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा तीनै जनामाथि अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ