जसपाको मशाल जुलुस वर्षाले बिथोल्यो !


जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ मधेस प्रदेश समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध गर्ने भनिएको मशाल जुलुस प्रदर्शन वर्षाले विथोलेको छ ।

अख्तियारको टोलीले संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गराउन छापा मारेको भन्दै सो कार्यको विरोधमा जसपाले प्रदेश २ का आठै जिल्लामा आज मशाल जुलुस प्रदर्शन गर्ने घोषणा गरेको थियो । जनकपुरमा दिउँसो साढे ४ बजे मशाल जुलुस निकाल्ने भनिएपनि अहिलेसम्म कार्यकर्ता समेत भेला हुन सकेका छैन ।

अहिले जनकपुरमा वर्षा भइरहेको छ । वर्षाकै कारण जसपाले मशाल जुलुस निकाल्ने अवस्था देखिदैन । वर्षा रोकिएपछि १०÷२० जना कार्यकर्ता मिलेर भएपनि मशाल जुलुस निकाल्ने जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार अख्तियारको टोलीले छापा मारेर बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत खरिद भएको साइकल सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेको आधारमा छापा मारेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ