दशैं बहार : मासिक २९ हजार किस्तामा कार


काठमाडौं : स्कोडा कुशक कार मासिक सरल किस्ताबन्दीमा उपलब्ध भएको छ । स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दशैंतिहारको अवसरमा मासिक २९ हजार रुपैयाँमा स्कोडा कुशक कार उपलब्ध गराएको हो ।

‘ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशक’ नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राएमएडब्लूले हकले ५० प्रतिशत डाउन पेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशक किन्न पाउने योजना ल्याएको हो ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन नहुने कम्पनीले जनाएको छ । स्कोडा ¥यापिड र क्यारोकमा पनि एमएडब्लूले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउन। छन् ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । दुई महिनाअघि मात्र सार्वजनिक गरिएको स्कोडा कुशाक नेपालमा पनि रोजाइको कार बन्न थालिसकेको छ ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ