पटाकासहित साह पक्राउ


सुनसरी : ईटहरी उपमहानगरपालिका ४ स्थित सडकबाट ७६ बण्डल नागेन लेखिएको पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २७ वर्षीय राजु साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले को. ३५ प. ८७६८ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक साहलाई उक्त पटाकासहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार २१:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ