जनकपुरसहित देशका अधिकांश स्थानमा वर्षा हुँदै


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन अझै केही दिने सक्रिय रहने छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ रहे पनि यस वर्ष अझै सक्रिय रहेको छ ।

‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको छ‚’ महाशाखाले भनेको छ‚ ‘हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिक देखि सामान्य बदली छ ।’

महाशाखाका अनुसार आइतबार बिहान प्रदेश २ को जनकपुर, प्रदेश १ र बागमती प्रदेशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही देश १, प्रदेश २ र बागमती प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र प्रदेश २ का केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ । आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महामशाखाले जनाएको छ । केही ठाउँमा भने भीषण वर्षा हुने जनाइएको छ । बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ