राजकुमार लेखी एमालेमा आजै प्रवेश गर्दै, ओलीले स्वागत गर्ने


काठमाडौं : तत्कालीन राजपाका नेता एवम् नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमा प्रवेश गर्न लागेका छन् ।

दुई दिनअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० परित्याग गरेका नेता लेखी आइतबार दिउँसो १० बजे गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट एमाले प्रवेश गर्ने कार्यक्रम छ । लेखीसहितको ठूलो समूहलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गरेका थिए । वामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

लेखीले २०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गरेका थिए । उनी २०४६ सालमै थारु कल्याणकारिणी सभाको सदस्य थिए ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ