करेण्ट लागेर जंगली हात्तीको नाइके मकुनाको मृत्यू


सुनसरी : करेन्ट लागेर कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्तीको मृत्यू भएको छ । चरणको क्रममा धान खेतमा पुगेको बेला करेन्ट लागेर हात्तीको मृत्यू भएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत अशोक रामका अनुसार मृत्यू भएको अवस्थामा आज बिहान हात्ती फेला परेको छ । मकुना हात्तीको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको छ । मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्यु भयो ।

मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइकेसमेत थियो । आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गर्थ्यो । मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै स्थानान्तरणको तयारी भइरहेको थियो ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ