मुख्यमन्त्री बचाउने जुलुसमा जसपाका कार्यकर्ताले सरकारी गाडीको दुरुयोग गरे


टुडेखोज, जनकपुरधाम : भ्रष्टाचार मुद्दामा मुख्यमन्त्री लालबाबु राउतलाई बचाउन आईतवार जनकपुरमा जसपाका कार्यकर्ताले गरेको जुलुसमा सरकारी मोटरसाइकलको दुरुपयोग भएको गरिएको छ ।

जसपा मधेस प्रदेश समितिको आह्वानमा आईतवार जनकपुरमा जसपाका नेता कार्यकर्ताले मोटरसाइकल जुलुस निकाले । जुन जुलुसमा जनप्रतिनिधिले पाएको सरकारी नम्बर प्लेटको गाडी समेत दुरुपयोग गरेको पाइएको छ ।

जनकपुरमा निकालिएको जुलुशमा प्रदेश २–०२–००१ ब–००४३ र ज १ ब ६२८ नम्बरको सरकारी मोटरसाइकलमा पार्टीको झण्डा झुण्ड्याएर जनप्रतिनिधि देखिए । तर उनीहरु कुन स्थानीय तहको जनप्रतिनिधि रहेको कुरा खुल्न सकेका छैन । विस्तृत विवरण खुलेपछि टुडेखोज डटकमले पछि प्रकाशित गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापामारी ‘बेटी बढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि जसपा आन्दोलन सुरु गरेको छ ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ