चाडपर्वमा जिल्ला नछाड्न सिडिओ र सुरक्षा प्रमुखलाई गृहको निर्देशन


काठमाडौं : गृह मन्त्रालयले दसैं लगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ ।

दसैं नजिकिदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन् । चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको छ ।

दसैंमा सरकारी कार्यालय बन्द रहने भए पनि स्थानीय प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहन्छन् । यस्तो बेला सर्वसाधारणको ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाडपर्व सुरक्षा योजना अन्तर्गत सिडिओ अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखलाई अलर्ट रहन र घरबिदामा नजान भनिएको जानकारी दिए ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ