घरबाट किन निस्किन पाएनन् डा. सीके राउत ?


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ८ मा बस्दै आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आईतवारदेखि नै बाहिर निस्किन पाएका छैन । घरबाट निस्किन नपाएकै कारण उनी ‘खुल्ला भेटघाट’ कार्यक्रम स्थगित गरे ।

डा. राउत हरेक सोमवार केन्द्रीय सचिवालयमा पुगेर ‘खुल्ला भेटघाट’ कार्यक्रम गर्छन् । उनी घरबाट निस्किन नसक्नुको मुख्य कारण हो सडक हिलाम्मे हुनु । ढलका लागि सडक खनेको र काम अलपत्र छाडेर ठेकेदार बेपत्ता भएपछि सडक हिलाम्मे बनेकाले डा. राउत घरबाट निस्किन नपाएको जनमत पार्टीका एक नेताले बताए ।

निवासबाट निस्किने दुई तिरबाट बाटो रहेको र दुबैतीरको बाटो हिलोले अवरुद्ध भएको डा. राउतले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । उनले बाटो मर्मत गराउन जनप्रतिनिधि र अन्य सरकोकारबाला निकायले चासो नदेखाएको आक्रोस पोखेकै कारण आज उनका कार्यकर्ता जनकपुरमा आन्दोलन समेत गरेका छन् ।

डा. राउतका कार्यकर्ताहरुले आज जनकपुरधाम उपमहानगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभागमा तालाबन्दी समेत गरे । हिलाम्मे भएर अवरुद्ध बनेको सडकहरु अबिलम्ब मर्मत गराउन जनमत पार्टीको माग छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार १६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ