शिभिल ग्रुपका अध्यक्ष पक्राउ


काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले शिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ ।

शिभिल सहकारीमार्फत बचतकर्ताको झण्डै एक अर्व रुपैयाँ ठगी गरेको अभियोगमा सीआईबीमा मुद्या दर्ता भएपछि प्रहरीले शिभिल ग्रुप अन्तर्गत सहकारीका अध्यक्षसमेत रहेका पूर्व सभासद तामाङ पक्राउ परेका हुन् । सोही मुद्दामा ग्रुपका सञ्चालकहरु केशवलाल श्रेष्ठ र विजय विक्रम शाहलाई पनि पक्राउ गरिएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो श्रोतका अनुसार मुद्दा दर्ता भएपछि आरोपीहरुलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट करिब १२ जनालाई पक्राउ गरिएको हो । ठगी आरोपमा पक्राउ परेका उनीहरु विरुद्ध आइतबार सीआईबीमा मुद्या दर्ता भएको थियो ।

मुद्दा परेकै आधारमा उनीहरुलाई अनुसनधाका लागि नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ । सीआईबीमा २८ जनाविरुद्ध किटानी जाहेरी परेको बताइएको छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार ०५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ