आईपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति भएको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

दुबईमा सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । योसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको बताइएको छ ।

चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे भने अक्षर पटेलले २ विकेट लिए

चेन्नईका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार ०६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ