काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठक केही बेरमा नै सकिएको छ । आजको बैठक ८ मिनेट चलेको हो । बैठक यही असोज २२ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का सांसदहरूले नाराबाजी गरेका थिए । सभामुख सापकोटाले बैठकलाई व्यवस्थित बनाउनका लागि बस्नका लागि सांसदहरूलाई आग्रह गरे ।
तर, एमालेले अवरोध कायम नै राखेपछि सभामुखले बैठक अघि बढाएका थिए । आजको बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरे । उक्त प्रतिवेदन पेस भएपछि संसद् बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो । एमालेले केही समयता संसद्मा अवरोध गर्दै आएको छ ।
सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गरेको थियो । एमालले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न या मार्गप्रशस्त गर्न सभामुखसमक्ष माग गरेको छ ।