राजविराजमा सुरु गरियो ‘नो मास्क, नो सर्भिस’


टुडेखोज, राजविराज : कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ ।

प्रदेश २ सरकारका सामाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो ।

कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो ।

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे । उनले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क उपलब्ध गराउने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दसैँ, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ