महन्थ ठाकुरको लोसपा पनि सरकारमा जाने, पायो २ मन्त्रालय


काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो ।

तर, पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुसँगको छलफलमा सरकारमा सहभागी हुन गरेको आग्रहअनुसार लोसपा पनि सरकारमा जाने भएको छ ।आज बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाको सहमति भएको छ ।

नयाँ सहमतिअनुसार कांग्रेसले ६, माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी) र जसपाले ४/४ वटा मन्त्रालय लिने सहमति छ । यसअघि नेकपा (एकीकृत समाजवादी) र जसपाले पनि ५/५ वटा मन्त्रालय पाउने चर्चा थियो ।

तर, प्रधानमन्त्री देउवाले माधव नेपाल र उपेन्द्र यादवको पार्टीलाई एक/एक मन्त्रालय कम गरेर लोसपालाई दुई मन्त्रालय दिने तयारी गरेका हुन् । लोसपाबाट शरदसिंह भण्डारीपनि मन्त्री बन्ने चर्चा छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ