दिमाग हल्लिने अफर : ८९९ रुपैयाँमै १०० एमविपिएसको इन्टरनेट


काठमाडौं : ‘दिमाग हल्लिने अफर’ भन्दै डिसहोम फाइबरनेटले सबैभन्दा सस्तोमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । दशैं तिहारलाई लक्षित गरेर कम्पनीले यस्तो अफर ल्याएको हो ।

कम्पनीले ‘दिमाग हल्लिने अफर’ भन्दै मासिक ८ सय ९९ रुपैयाँमा एक सय एमविपिएस इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको हो । एक सय एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

२०७८ असोज ११ गतेदेखि ‘ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको र योजना अन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने भएका हुन् । भाग्यशाली विजेताहरुको छनोट लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार २०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ