जसपाका शीर्ष तीन नेताले पाए मन्त्री छान्ने जिम्मा


काठमाडौं : जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागि हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए । यादवका अनुसार परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।

मंगलबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएपछि जसपाले आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्री छान्ने तयारी गरेको हो ।

प्रकाशित : २०७८ आश्विन २०, बुधबार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ