Breaking- नेपालमा पाकिस्तानी नागरिकको अपह’रण गर्ने २ जना पक्राउ


काठमाडौं : पाकिस्तानी नागरिकलाई अपह’रण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेसन मोहम्मद र ताज रजवाज रहेका छन् ।

पाकिस्तानी नागरिक फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्ध’क बनाएपछि उनी दुबैजना पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुले विमानस्थलबाट फैजानलाई सिभिल होम्समा लगेर बन्ध’क बनाएका थिए ।

फैजानका अनुसार जेसन र ताजले बन्ध’क बनाएपछि पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन २०, बुधबार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ