रौतहटमा बाघले एक जनालाई घाइते बनायो


रौतहट : बाघले आक्रम’ण गर्दा एक पुरुष घाइते भएका छ्न ।रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रम’ण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन ।

बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रम’ण गरेको प्रहरीले जनाएको छ । ६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रम’ण गरेपछि आफूसँग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए ।

उनको दुवै हातमा बाघले चिथोरेको छ । घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ