जनकपुरमा आजदेखि सस्तो बजार, प्रदेश प्रमुखले उद्घाटन गर्ने


टुडेखोज, जनकपुरधाम : दशैं, दिपावली तथा छठलाई लक्षित गरेर जनकपुरमा आजदेखि सस्तो बजार सञ्चालनमा आउने भएको छ ।

जनकपुरको गोपाल धर्मशालामा लाग्ने सस्तो बजारको उद्घाटन प्रदेश २ का प्रमुख हरिशंकर मिश्रले गर्ने कार्यक्रम रहेको छ । जनकपुरधाम उद्योग बाणिज्य संघका अअध्यक्ष जितेन्द्र महासेठका अनुसार सस्तो बजारको उद्घाटन आज दिउँसो साढे ३ बजे हुँदैछ ।

गोपाल धर्मशालामा हरेक वर्ष सस्तो बजार लाग्छ । यहाँ बजार भन्दा सस्तोमा विभिन्न समान पाउने भएकाले उपभोक्ताको भीड लाग्ने गर्छन् ।

प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ