जनकपुरमा दशैंको रौनक : राजदेवी मन्दिर बेहुली झैं सजाइयो, सेल्फी तान्नेको भीड (हेर्नुस् फोटोहरु)


टुडेखोज, जनकपुरधाम : जनकपुरमा यतिखेर बडादसैंको रौनक छाएको छ । जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर बेहुली झैं सजाइएको छ । अहिले उक्त मन्दिरमा सेल्फी खिन्नेहरुको अत्यधिक भिड देखिन्छन् ।

राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ । राजदेवी मन्दिर क्षेत्रमा सर्वसधारणको घुइँचो लागेको छ । दसैंमा राम मन्दिरसँगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बनेको छ ।

राजदेवी मन्दिर यति आकर्षक ढंगले सजाइएको छ कि त्यहाँ पुग्ने जो कोही पनि सेल्फी तान्न पछि पर्दैनन् । ठाउँ ठाउँमा सेल्फी पोइन्ट नै बनाइएको छ । जनकपुरका बासिन्दाहरू समेत पर्वको बेला घर आउँदा जनकपुर अहिले भरिभराउ देखिएको छ ।

प्रकाशित : २०७८ आश्विन २१, बिहीबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ