प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, समितिका सदस्य हेरफेर गरिने


जनकपुरधाम : प्रदेश २ प्रदेशसभा बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिले सुरु भएको छैन ।

बैठकमा विषयगत समितिका रहेका सदस्य हेरफेर र कार्यव्यवस्था परामर्श समिति गठन गर्ने कार्यसूची छ । यस्तै प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल पश्चात् पारित गर्ने कार्यसूची पनि आजको बैठकको छ ।

राजनीतिक दलका विभाजन तथा नयाँ दल गठन र प्रदेशमा सत्तासमीकरण परिवर्तन भएपछि समितिका सदस्यहरु हेफेर गर्न थालिएको हो । आज छलफल हुने दुई विधेयकलाई तत्कालीन प्रमुख डा.राजेश अहिराजले सुझावसहित फिर्ता गरेका थिए ।

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १२:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ