जसपाबाट को को बन्दैछन् मन्त्री ? हेर्नुस्


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने नामको टुंगो लगाएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता शोक राईले पार्टीबाट पठाउने नाम टुंग्याएका हुन् ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहमद इस्तियाक राईले राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भएको बताए । उनका अनुसार श्रेष्ठका अलवा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने भएका छन् ।

जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गठबन्धनमा भएको थियो । मन्त्रालय बाँडफाँटमा उपेन्द्र यादवले एकलौटी गरेको भन्दै असन्तुष्टी बढेको छ। प्रदेश २ बाट मन्त्री बनाउँदा लुम्बिनीबाट नबनाएको र जनआधार नभएको क्षेत्रबाट श्रेष्ठलाई मन्त्री बनाएको भन्दै त्यसमा बाबुराम भट्टराई पनि सहमत नभएको बताइएको छ ।

यादवले रेणु यादवलाई पटक(पटक अवसर दिएकोमा पनि जसपामा असन्तुष्टी बढेको छ । पार्टीमा असन्तुष्टी बढ्ने सम्भावना पहिलेदेखि नै थियो, सोही कारण राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्र मन्त्री चयन गरिएको छ ।

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ