काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान गजेन्द्र हमाल मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन् ।
यसअघि नै हमाल मन्त्री बन्ने चर्चा चलेपछि प्रधानन्यायाधीशको आलोचना सुरु भएको थियो । प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्ने समाचार सार्वजनिक भए लगत्तै सर्वोच्च अदालतले विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले कोटा नमागेको बताएको थियो ।
कांग्रेसको यो निर्णयले प्रधानन्यायाधीशमाथि प्रश्न उठेको हो । प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको खबर सार्वजनिक हुनु र हमाललाई मन्त्रीमा नियुक्त प्रधानमन्त्रीले गर्नुलाई कतिपयले आशंकाको रुपमा हेरेका छन् ।
बाँके कांग्रेसका नेता हमाल गैरसांसद मन्त्री बन्न लागेका हुन् । गैरसांसद मन्त्री बनेको ६ महिनापछि सांसद् हुनुपर्छ । सांसद हुन नसके मन्त्री पद स्वतः छोड्नुपर्छ । बाँकेका कांग्रेस नेता हमाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रजातन्त्रिक कांग्रेसका तत्कालीन जिल्ला सभापति हुन् ।