उपेन्द्र यादवका छोराको टिप्पणी- कोठे बैठकमा रमाउनेहरु मन्त्री बने !


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले कोठे बैठकमा रमाउनेहरुलाई मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।

उनले केन्द्रीय कार्यकारिणीदेखी आधिकारिकतासम्म अहोरात खटने जनताका नायकहरु मन्त्री नबनेको टिप्पणी गरेका हुन् । मन्त्री बनेकी रेणु यादव र महेन्द्रराय यादवलाई लक्षित गरेर उनले लेखेका छन्, ‘कोठे बैठकहरुमा रमाउने, बिगतका चुनाब र भविष्यमा पनि जमानत जफ्त हुनेहरुको बोलबाला देखेर मन दुखित भयो ।’

उनले मन्त्री बनेका राम सहाय यादव र राजेन्द्र श्रेष्ठ बाहेकलाई शुभकामना दिन असमर्थ रहेको थपेका छन् । उनले लेखेको स्टाट्समा प्रदिप यादव, प्रमोद साहलगायत ४ जनाको तस्विर राखेर उनीहरु मन्त्रीमा छुट्न हुदैन्थ्यो भन्न खोजेका छन् ।

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ