जनकपुरमा सुरु भयो ‘सेन्टर प्वाइन्ट’, समान खरिद गर्दा मोटरसाइकल जित्ने अवसर !


जनकपुरधाम : जनकपुरधामको जनक चोकस्थित सेन्टर प्वाईन्ट द फैशन स्टोर नामको रेडिमेड कपडा पसल सञ्चालनमा आएको छ । शुक्रबार विहान पसलको शुभारम्भ भएको हो ।

पसलका सञ्चालक सजिव साहको आमा जशोदा देवीले उद्घाटन गरी पसल सञ्चालन ल्याएको छ । पसलमा दसैँ, तिहार र छठ पर्वलक्षित बम्पर उपहारको योजना ल्याइएको छ । सञ्चालक साहका अनुसार प्रत्येक एक हजारको खरिदमा उपभोत्ताले एउटा स्क्रेच कुपन प्राप्त गर्नेछन् । जसमा मोटरसाईकल, टिभि, होम थिएटर, स्ट्याण्ड फ्यान लगायतका समाग्रीहरु ग्राहकले लक्की ड्रमार्फत जित्न सक्ने व्यवस्था राखिएको छ ।

उचित मूल्यमा गुणस्तरीय कपडा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याएको सञ्चालक साहले बताए । उनका अनुसार रेडिमेड व्यवसायको प्रर्बद्धन गर्न आफ्नै जशोदा कम्पलेक्समा पसल सञ्चालनमा ल्याइएको छ ।

तीन तल्ले भवनमा सञ्चालन भएको पसलमा पहिलो तल्लामा महिला, दोस्रोमा बालबालिका र तेस्रो तल्लामा पुरुषका लागि सबै प्रकारको कपडा पाइन्छ । अन्य पसलभन्दा सस्तो र गुणस्तरीय कपडा यहाँ पाइने सञ्चालकको दावी छ ।

प्रकाशित : २०७८ आश्विन २३, शनिबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ